सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरा सदरमुकाममा खानेपानीको हाहाकार, स्थानिय आन्दोलित

२०७६ असार ४, ०७:०३ प्रकाश सिंह

बाजुरा–सदरमुकाम मार्तडीमा दुई सातादेखि खानेपानीको हाहाकार भएको छ। बृहत खानेपानी अयोजनाको पाइप सडक निर्माणको क्रममा टुटेपछि खानेपानीको हाहाकार भएको हो। खानेपानीको व्यवस्था नभएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन्।
तत्काल खानेपानीको ब्यबस्थापन गर्नुपर्नुे माग सहित बजारबासीले बडीमालिका नगरपालिकामा तालाबन्दी समेत गरेका छन्। जिल्ला सदरमुकममा नाराबाजी गर्दै बडीमालिका नगरपालिकाको कार्यालय पुगेका स्थानीयले मुल ढोकामा तालाबन्दी गरेका हुन्। स्थानिय ब्यापारी सुरेन्द्र नाथले मार्तडीमा रहेको बृहत खानेपानीको पाइप डोजरले काटेर अहिले सम्म मर्मत नगरेको बताए।

खानेपानीको पाइपलाईन भएको ठाउँमा डोजर प्रयोग गरेर खानेपानीको पाइप समेत काटीदिएपछि जिल्ला सदरमुकाममा खानेपानीको हाहाकार भएको र यसको तत्काल समाधान नगरपालिकाले गर्नुपर्ने भन्दै नगरपालिकाका दुबै मुलगेटमा ताला लगाएको स्थानीय हिक्मत रोकायाले बताए। सदरमुकाम मार्तडीमा खानेपानीको चरम अभाव भएपछि सदरमुकाममा बसोवास गर्ने करिव १७ हजार बढी जनसंख्या खानेपानी पिउनबाट बञ्चित भएका छन्। वृहत मार्तडी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका व्यवस्थापक सुर्यकिरण विकले भने सदरमुकाम मार्तडीको खानेपानी यही असार मसान्त भित्र व्यवस्थापन गरिने वताए। 

 

 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस