सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

२०८१ कार्तिक ३, ०५:५१ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा चोरीको मोटरसाइकलसहित एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–८ तौलाहा ताल क्षेत्रको खेतमा मोटरसाइकल लुकाएको आरोपमा जोगेन्द्र राना पक्राउ परेका हुन्।

धनगढी उपमहानगरपालिका–७ मनहेराका जोगेन्द्र रानासहित तीन जनाको समूहले मोटरसाइकललाई खेतमा परालले छोपेर लुकाएको आरोप कैलाली प्रहरीको छ। धनगढी उपमहानगरपालिका–११ का सन्तकुमार रानाको सुदूरपश्चिम प्रदेश ००१–०१० प २१२९ नम्बरको एमाहा कम्पनीको कालो रङ्गको मोटरसाइकल उनीहरूले चोरी गरेर खेतमा लुकाएका थिए।

कमेन्ट लोड गर्नुस