सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट सवारी ज्यान र वन पैदावार मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८१ कार्तिक ३, ०८:५७ खबर संवाददाता

धनगढीः कैलालीबाट सवारी ज्यान र बिना इजाजत वन पैदावार ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

सवारी ज्यान मुद्दामा २ महिना २ दिन कैद सजाय र २ हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका–१३ झलारी बस्ने ३२ वर्षीय गोपाल राना र बिना इजाजत वन पैदावार ओसारपसार मुद्दामा १२ हजार ८२० जरिवाना तोकिएको जोशीपुर गाउँपालिका–६ सिमरी बस्ने ४२ वर्षीय आशिष कठरीया पक्राउ परेका हुन्।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर गरेपछि फरार रहेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रवार पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस