सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीगंगा नगर क्षेत्रमा ६९१ पशुमा गरियो कृतिम गर्भाधान

२०८१ कार्तिक २, ०६:२९ कमल सावद

धनगढीः कैलालीको गौरीगंगा नगर क्षेत्रमा ६ सय ९१ पशुमा कृतम गर्भाधान गरिएको छ। नगरपालिकाले गत वर्ष सो संख्यामा पशुहरुको कृतम गर्भाधान गराएको हो।

नगरभित्रका किसानले पालेका पुशको नस्ल सुधारका लागि कृतिम गर्भाधान गर्ने काम हुँदै आएको छ। यसका साथै ९५ गाई–भैँसीको समेत उपचार गरिएको छ। पशु विकास शाखाले गत वर्ष ९ हजार ८ सय ६० पशुको उपचार गरेको पाइएको छ। नगरपालिकाले गत वर्षमा पाँच सय ७६ किसानको घर–दैलोमा गएर ७१४ पशु–चौपायालाई लम्पी स्किन रोगको उपचार सेवा दिएको छ।

नगरपालिकाको पशुपन्छी विकास शाखाले लम्पी स्किन रोग लागेका ७१४ पशु–चौपायाको उपचार गरेको हो। नगरपालिकाको पशुपन्छी विकास शाखाले गत वर्ष १० हजार गाई–भैँसीमा खोरेत रोग विरुद्धको खोप र २३ हजार बाख्रामा पिपिआर विरुद्धको खोप समेत लगाएको छ।

नगरपालिका क्षेत्रका किसानले पालेका पाँच हजार बँगुरमा स्वाइन फिवर रोग विरुद्धको खोप र पाँच सय कुखुरामा रानीखेत विरुद्धको खोप लगाइएको छ। गत आर्थिक वर्ष ६५० वटा घरपालुवा कुकुर र बिरालोमा रेविज विरुद्धको खोप लगाएको छ। पशु सेवा केन्द्र मसुरिया र चौमालाले सो अवधिमा १६ हजार तीन सय ६० पशु–चौपाया तथा पन्छीको उपचार गरेको छ।

यसका साथै ४३२ किसानलाई हिउँदे घाँस र एक हजार ८० किसानलाई बर्खे घाँस वितरणसमेत नगरपालिकाको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ। पशुको आहारालाई व्यवस्थीत गर्न घाँस वितरण गरिएको हो। नगरपालिकाले ४७९ गाई, १९६ भैँसी र १६ वटा बाख्रा गरेर ९६१ पशुमा कृतिम गर्भाधान गरेको प्रगति विवरणमा उल्लेख छ।

नगर क्षेत्रका ६८ पशुपालन समूह र ११३० वटा पशुपालन फर्मलाई औषधीसमेत वितरण गरिएको छ। पशु चिकित्सकको टोलीले ८११ कृषकको घरमै पुगेर ९ हजार ८ सय ६० पशुको उपचार गरेको सो विवरणमा उल्लेख गरिएको छ। ९५ गाई–भैँसीको बाँजोपनको उपचार, २ हजार ६ सय पशुलाई लम्की स्किन विरुद्धको खोप, ८९० गोवर परिक्षण, १७० थुनेलो परिक्षण, १९५ पिसाव परिक्षण र ७५ वटा नमुना संकलन गरेको नगरपालिकाले उपलब्ध गराएको प्रगति विवरणमा उल्लेख छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस