सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा साढे १६ लाख बढीको अवैध चिनी बरामद

२०८१ कार्तिक १, ०२:१२ खबर संवाददाता

कैलालीः कैलालीमा साढे १६ लाख बढीको अवैध चिनी बरामद गरिएको छ।

बिहीबार जिल्लाको कैलारी गाउँपालिका–८ लौँसाबाट भारतबाट अवैध रूपमा ल्याइएको १६ लाख ८७ हजार मुुल्य बराबरको चिनी र गाडी बरामद गरिएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हसुलियाको टोलीले सुपप्र०१००१च ३९५७ नम्बरको गाडीसहित ४१ बोरा अवैध चिनी बरामद गरि कैलाली भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ।
 
 

कमेन्ट लोड गर्नुस