सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको लिक्मामा चतुर्दशी दशैं

२०८१ असोज ३०, ०६:१० खबर संवाददाता

धनगढीः आज कैलालीको गौरीगंगा नगरपालिका–८, लिक्मामा सुदूरपश्चिमको खुसी, समृद्धि र प्रगतिको कामनाको संकल्प गर्दै चतुर्दशी दसैं मनाइएको छ।

दुर्गा भवानीको पूजाआजा गरी राँगो बलि दिएर सुदूरपश्चिमको खुसी, समृद्धि र प्रगतिको कामनाको संकल्प गर्दै चतुर्दशी दशैं मनाइएको हो। राँगालाई महिषासुरको प्रतीक मानेर गाउँघरमा डुलाई पूजा आजा गराएर चतुर्दशीका दिन बेलुकी घाम अस्ताउने बेलामा दुर्गा भवानीलाई खुसी पार्न बलि दिने गर्छन्। बलि दिँदा ब्राह्मणद्वारा संकल्प बोलेर सुदूरपश्चिमबासीको खुसी, समृद्धि र प्रगतिको कामना गर्ने गरिन्छ।

राँगो बलि दिनुअघि दसैँको दोस्रो दिनदेखि नै राँगोलाई स्थानीयको घरघरमा लगेर पूजाआजा गराउने र चतुर्दशीका दिन परम्परागत भोस्सो (एक प्रकारको संस्कृति) कवाज (दमाहाको तालमा नाङ्गो तरवाल नचाउँदै एक आपसमा बहादुरीको लयमा खेलिने खेल) खेल्ने गरिन्छ।

चतुर्दशी दशैंमा डेउडाको रमाइलोसँगै आफन्त तथा इष्टमित्रसँग भेटघाट हुने अवसर प्राप्त हुने गरेको गौरीगंगा नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाअध्यक्ष विष्णु भाटले बताए। राँगो बलि दिइएपछि चतुर्दशी दसैंमा रातभर डेउडा खेल्ने गरिएको उनले बताए।
 

कमेन्ट लोड गर्नुस