सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बर्थिङ सेन्टरको भवन निर्माणमा गुणस्तरहीन काम, लाखौँ अनियमितताको आशंका

२०७६ असार ४, ०३:२६ खबर संवाददाता

धनगढीमा बर्थिङ सेन्टरको भवन निर्माणमा गुणस्तरहीन काम भएको फेला परेको छ। प्रदेशको सामाजिक विकास मन्त्रलायको २० लाख बजेटमा धनगढी उप–महानगरपालिका वडा नम्वर १४ मा निर्माण भईरहेको बर्थिङ सेन्टरको भवन निर्माणमा गुणस्तरहीन काम भएको फेला परेको हो। सामाजिक विकास मन्त्रालय अन्तरगतको ईकाई कार्यालय कैलालीका ईन्जिनियर सन्तोष बजगाईले ढलानमै गुणस्तरहीन काम भएको फेला परेको स्विकार गरे। उनले ढलानमा गुणस्तरहीन निर्माण सामाग्रीको प्रयोग भएको स्विकार गर्दै भत्काएर फेरी निर्माण गर्न निर्देशन दिएको बताए। 

यता बर्थिङ सेन्टरको भवन निर्माण उपभोक्ता समितिका सचिव जितवहादुर अधिकारीले समेत भवन निर्माणमा गुणस्तरहीन काम भएको स्विकार गरे। उनले समितिकै लापरवाहीले ढलानमा ८ मिलिमिटरको सरिया प्रयोग हुनुपर्नेमा ७ मिलिमिटरको सरिया प्रयोग भएको बताए। उनले फेरी भत्काएर निर्माण गर्ने तयारी भईरहेको बताए। भवन निर्माणका लागि उपभोक्ता समिति गठन भएपनि भवन निर्माणको काम भने निर्माण व्यवसायी मार्फत भईरहेको छ।

यता स्थानीय वासिन्दाले भने भवन निर्माणमा गुणस्तरहीन काम भएको र प्रदेश सरकारको बजेटमा समेत अनियमितता भएको आरोप लगाएका छन्। २० लाखमा २ कोठे मात्रै भवन निर्माण भईरहेकोमा त्यस्मा पनि गुणस्तरहीन निर्माण सामाग्रीको प्रयोग गर्दै लाखौँ रकम अनियमितता भईरहेको स्थानीयले बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस