सुदूर नेपाललाई विश्वसँग जोड्दै

आकस्मिक सेवा बाहेकका सबै सेवा ठप्प गरि कर्मचारी आन्दोलनमा

। फोटो स्रोत ।
२०७६ असार ४, ०२:५७

भक्तपुर अस्पतालमा कर्मचारी आन्दोलनका कारण आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प भएको छ। अस्पतालका कर्मचारीहरुले विभिन्न पेशागत मागहरु राखेर आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गराएका हुन्। हातमा कालो पट्टि बाँधेर ३५ जना कर्मचारीहरु अस्पतालको प्राङ्गणमा धर्ना दिएर बसेका छन्। अस्थायी, करार र ज्यालादारीमा काम गर्ने कर्मचारीहरुको सबै सेवा, सुविधा कटौती गरेपछि ३५ जना कर्मचारी आन्दोलनमा उत्रिएको अस्पतालका मेडिकल सुपरिटेण्डन डा. सुधा देवकोटाले बताए।

उनका अनुसरा आन्दोलनमा उत्रिएका कर्मचारीले आफ्नो माग सम्बोधन नगरेको भन्दै मंगलबारदेखि आकस्मिक सेवा बाहेक सबै सेवा ठप्प पारेका हुन्। सरकारले अस्पताल विकास समिति खारेज गरेर मेडिकल सुपरिटेण्डनलाई अधिकार दिएपछि डा. देवकोटाले नियम विपरित यसअघिका विकास समितिले गरेको सम्पूर्ण निर्णयसमेत खारेज गरेको र समितिले नियुक्ति गरेको कर्मचारीको नियुक्तिसमेत खारेज गरेको सूचना टाँस गर्नुभएको आन्दोलनरत कर्मचारीहरूको संगठनका अध्यक्ष मदन द्यौलाले बताए।

अस्पतालमा गएको २२ वर्षदेखि कार्यरत कर्मचारीहरुलाई निष्कासन गर्ने नियतले सेवा, सुविधा कटौती गर्दै गएको र ठेक्काबाट करारमा रहेका १३ जना  कर्मचारीलाई साउनदेखि नियुक्ती नविकरण नगर्ने भएकाले उनीहरुको पुनर्बाहलीको समेत माग गरेको उनले बताए। मेडिकल सुपरिटेन्डेन्ट डा. देवकोटाले प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयमा विकास समिति, करार, ठेक्काका कर्मचारीले अनधिकृत रूपमा सञ्चय कोष, महंगी भत्ता, बिदा र ग्रेड पाइरहेको भनी पत्राचार गरेपछि मन्त्रालयले त्यस्ता सुविधा रोक्न पत्राचार गरेको थियो।
 

कमेन्ट लोड गर्नुस