सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा तीन महिनाको अवधिमा विपदबाट १६ महिलाको मृत्यु, ४४ घाइते

२०८१ असोज २९, ०२:१६ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा प्राकृतिक विपदबाट १६ महिलाको मृत्यु भएको छ।

चालु आर्थिक वर्षको साउनदेखि असोज २८ गतेसम्म पहिरो, चट्याङ, बाढी, आगलागी र अन्य गरेर १६ जना महिलाले अकालमै ज्यान गुमाएका हुन्। प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार सो अवधिसम्म पहिरोमा परेर ५ महिलाको मृत्यु भएको छ भने ८ महिला घाइते भएका छन्।

यस्तै चट्याङ् लागेर दुईको मृत्यु भएको छ भने १५ महिला घाइते भएका छन्। बाढीबाट एक, आगलागीबाट २, सर्पदंशबाट एक र अन्य विपदबाट ५ गरी १५ महिलाले अकालमै ज्यान गुमाएका छन्। चालु आर्थिक वर्ष सुरु भएको तीन महिना नपुग्दै विपदका घटनाबाट ४४ महिला घाइते बन्न पुगेका छन्। विपदका घटनाबाट १० जना पुरुषको समेत मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

विपदबाट १३ सय ३४ परिवार प्रभावित बन्न पुगेको केन्द्रले संकलन गरेको विवरणमा उल्लेख छ। साथै ८४ लाख ८१ हजार मुल्यको धनमाल समेत नष्ट भएको अनुमान गरिएको छ। २३ घर आंशिक र ३२ घर पूर्ण रुपमा क्षति भएको पाइएको छ। सो अवधिमा १६ वटा गोठमा क्षति पुगेर एक सय ७२ को संख्यामा पशुचौपाया मरेका छन्। पहिरोका कारण ४०, चट्याङ लागेर ५६, बाढीका कारण ८, सर्पदंश १३, भारी वर्षाका कारण ४, अन्य ३१ र जंगल आगलागीमा परेर ८ पशुचौपाया मरेका छन्।

कमेन्ट लोड गर्नुस