सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा दशैँको अवधिमा सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु

२०८१ असोज २९, ०९:३७ कमल सावद

धनगढीः कैलालीमा सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ। दशैँको अवधिमा सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको हो।

कैलालीमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयले मदिरा सेवन गरेर सवारी चलाउने गरेका कारण दशैंको समयमा सवारी दुर्घटना बढेको बताएको छ। जिल्ला ट्राफिक कार्यालय, कैलालीका प्रमुख गंगाबहादुर सारुले सार्वजनिक सवारी सञ्चालन नचलेको समयमा मोटरसाइकल र स्कुटरमा क्षमताभन्दा बढी यात्रु राखेर चलाउँदा र मादक पदार्थ सेवन गर्दा दुर्घटना बढेको हो। उनले भने, ‘यो अवधिमा ठुला सवारी दुर्घटना भएनन। बढी यात्रु भएका सवारी दुर्घटना भएको छैन्। दुई पाङ्ग्रे सवारी बढी दुर्घटना भएका छन्।

युवाहरुले मापसे गरेर सवारी चलाउदा दुर्घटना भएके देखिन्छ।’ कैलालीमा दशैँको दिन सबैभन्दा बढी दुर्घटना भएका छन्। दशैँको दिन सबैभन्दा बढी मोटरसाइकल र स्कुटर दुर्घटनामा परेका छन्। दशैँको समयमा दुई जनाको सिट क्षमता रहेको मोटरसाइकल र स्कुटरमा क्षमताभन्दा बढी व्यक्ति राख्ने तथा मदिरा सेवन गरेर चलाउने गरेका कारण दुर्घटना बढी भएको जिल्ला ट्राफिक कार्यालय, कैलालीका प्रमुख सारुले बताए। 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि हालसम्म १३ वटा दुर्घटना भएका छन्। जिल्लामा दशैँको समयमा भएका ती दुर्घटनामा परेर २५ जना घाइते भएका छन्। कैलालीमा दशैँको समयमा मात्र पाँच जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ। दुर्घटनामा परेकाहरुमा अधिकाँस मदिरा सेवन गरेर सवारी चलाउने रहेको पाइएको छ।

उनले भने, ‘विगतको भन्दा कम दुर्घटना भएका छन्। हामीले दुर्घटना घटाउने प्रयास पनि गरेका थियौ। अझै गर्दै छौ।’ कैलालीका मुख्य राजमार्गहरु र ग्रामिण बस्तीका सडकहरुमा दशैँको समयमा धेरै दुर्घटना भएका छन्। दुर्घटनाको संख्या धेरै भएपनि ट्राफिक प्रहरीसँग पूर्ण विवरण भने छैन।

ट्राफिक प्रहरी नपुगेको तथा ग्रामिण क्षेत्रका सडकहरुमा भएका दुर्घटनाको विवरण प्राप्त नभएको ट्राफिक प्रहरीले बताएको छ। ट्राफिक प्रहरी प्रमुख सारुले १७ गतेदखि हालसम्म मोटरसाइकल र स्कुटर बढी दुर्घटना भएको बताए। सुदूरपश्चिम प्रदेश प्रहरीले दुर्घटना न्यूनिकरणका लागि दशैंको समयमा ठुलो संख्यामा प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिएको दाबी गरेको थियो। तर, यही समयमा सबैभन्दा बढी दुर्घटना भएको पाइएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस