सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट ९ जना जुवाडे पक्राउ

२०८१ असोज २९, ०८:१४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट ९ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–४ बजार स्थित ४५ वर्षीय हिक्मत ऐरको घरको पाँचौ तलामा जुवातास खेलिरहेको अवस्थामा हिक्मत ऐरसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा नगद ६३ हजार ३९० र २०८ पत्ति ताससहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ। सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस