अत्तरियाबाट ५४५ ग्राम चरेससहित ५९ वर्षीय कारोबारी पक्राउ
२०८१ असोज २८, ०९:०२
धनगढी : कैलालीको अत्तरियाबाट ५४५ ग्राम चरेससहित ५९ वर्षीय कारोबारी पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१ भरतपुरका ५९ वर्षीय सहदेव भण्डारी चरेससहित पक्राउ परेका हुन।
इलाका प्रहरी कार्यालय, मालाखेतीले चरेसको कारोबार हुने गरेको सूचनापछि भण्डारीलाई पक्राउ गरेको हो। प्रहरीले सोमवार साँझ साढे ६ बजे भण्डारीलाई चरेससहित पक्राउ गरेको हो। उनले घरको पूर्व तिरको कोठामा बाकस भित्र चरेस लुकाएका थिए। उनको विषयमा प्रहरीले थप अनुसन्धान थालेको छ।
कमेन्ट लोड गर्नुस