सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको कानून मन्त्रालयद्धारा हावाहुरी पीडितको राहातका लागि साढे पाँच करोड माग

२०७६ असार ४, ०२:४२ कमल सावद

सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कैलाली–कञ्चनपुरका हावाहुरी पीडितलाई राहात वितरण गर्न साढे पाँच करोड माग गरेको छ। मन्त्रालयले आर्थिक मामिला तथा योजना मन्त्रालयसंग हावाहुरी पीडितको राहातका लागि साढे पाँच करोड माग गरिएको जनाएको छ। कानून मन्त्री प्रकाश बहादुर शाहले हावाहुरी पीडितलाई घोषित राहात वितरण गर्न अर्थ मन्त्रालायलाई साढे पाँच करोड निकासाका लागि लेखि पठाएको जानकारी दिए। रकम प्राप्त भएपछि सम्बन्धी जिल्ला प्रशासन कार्यालय मार्फत हावाहुरी पीडितलाई राहात वितरण गरिने मन्त्री शाहले बताए। मन्त्रालयसंग छुट्टै संयन्त्र नभएकाले जिल्ला प्रशासन कार्यालय मार्फत राहात वितरण गर्ने तयारी गरिएको मन्त्री शाहले बताए। 
यता आर्थिक मामिला तथा योजना मन्त्रालयले राहातका लागि रकम निकासाको पत्र प्राप्त भइसकेकाले निकासाको तयारी थालिएको जनाएको छ। अर्थ सचिव गोपाल प्रसाद अर्यालले बुधबार (आज) रकम निकासा दिईने जानकारी दिए। 
   
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस