सुदूर नेपाललाई विश्वसँग जोड्दै

बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु

२०८१ असोज २८, ०४:३५ रासस

 बाराः बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। कोल्हवी नगरपालिका–२ बस्ने ६३ वर्षीय हस्तबहादुर ठोकरको सोमबार हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए।
सोमबार बिहान घाँस काट्न गएका ठोकरलाई हात्तीले आक्रमण गरेको थियो। अबेर सम्म घाँस लिएर घर नफर्केपछि परिवारका सदस्य र गाउँले मिलेर जङ्गलमा खोज्न गएका थिए। खोज्ने क्रममा ठोकर मृत भेटिएका थिए। मृतक ठोकरको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस