सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवाले भने– संसदमा पनि सत्ता पक्ष बोल्ने र प्रतिपक्ष सुनेर बस्नु पर्ने अवस्था आयो

२०७६ असार ४, १२:५१ खबर संवाददाता

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षले बोल्यो भन्दैमा सरकार डराउन पर्ने नहुने बताउका छन्। प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा उनले सो कुरा गरेका हुन्। उनले संसदमा पनि सत्ता पक्ष बोल्ने र प्रतिपक्ष सुनेर बस्नु पर्ने अवस्था आएको बताए। सरकारले जवाफ दिनुपर्ने ठाउँमा सत्ता पक्ष बोल्ने र प्रतिपक्ष सुनेर बस्नु पर्ने अवस्था आएको उनको भनाई छ। उनले भने, ‘संसद विपक्षीको हो। बोल्ने प्रतिपक्षले हो। सरकारले जवाफ दिने हो।’
 

कमेन्ट लोड गर्नुस