कैलालीको धनगढीमा ११ सय ५८ गाईको कृतिम गर्भाधारण
धनगढीः कैलालीको धनगढीमा ११ सय ५८ गाईको कृतिम गर्भाधारण गरिएको छ।
गत आर्थिक वर्ष धनगढी उपमहानगरपालिकाले एक हजार एक सय ५८ गाईमा कृतिम गर्भाधारण गरेको हो। उपमहानगरपालिकाको पशु सेवा शाखाको गत वर्षको प्रगति विवरण अनुसार ११ सय ५८ गाईमा कृतिम गर्भाधारण गरिएको हो। उपमहानगरपालिकाको प्रयोगशाला प्रतिवेदनमा तीन सय ७३ भैँसी, ९ बाख्रा र एक सय ५९ पशुको गर्भ परीक्षण गरिएको छ।
गत वर्ष ८३१ को संख्यामा गोबर परीक्षण र ४२ वटा दुध परिक्षण गरिएको छ। सो अवधिमा ५७३ पशु चौपायामा रेविज विरुद्धको खोप समेत लगाइएको छ। पशु सेवा शाखाले गत वर्ष पाँच हजार पाँच सयलाई एलएसडी खोप, ८ हजार एक सयलाई विपीआर खोप, तीन सय २ सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ।
पशु सेवा शाखाले १२ हजार ५७० मेडिकल उपचार, एक हजार २४९ पशुको माइनर सर्जिकल उपचार, चार पशुको मेजर सर्किजल उपचार र २३१ पशुको गाईनोक्लोजिकल उपचार गरेको छ। धनगढी उपमहानगरपालिकाको पशु विकास शाखाले आर्थिक वर्ष २०८०/८१ मा एक लाख एक हजार तीन सय ५० रुपैयाँ राजश्व समेत संकलन गरेको छ।