सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालको लिफ्ट फेरि विग्रियो, विरामीलाई पिठ्युमै बोक्नुपर्ने बाध्यता

२०७६ असार ४, १०:२४ रोशन भट्ट

सेती अस्पतालको लिफ्ट पटक–पटक विग्रीने भएपनि मर्मतमा भने अस्पताल प्रशासनले चाँसो दिएको छैन्। विग्रेको लिफ्टलाई मर्मत गर्नको लागि अस्पताल प्रशासनले चाँसो नदिदा विरामी र तिनका कुरुवा समस्यामा पर्ने गरेका छन्। लिफ्ट मर्मत नगर्दा गम्भीर प्रकृतिका विरामीलाई पिठ्युमै बोकेर उपचार कक्षसम्म पु¥याउनु पर्ने बाध्यता कायमै रहेको छ।

अस्पतालको पहिलो तल्लासम्म र्याम्प मार्फत विरामीलाई ओसार्न सकिने भएपनि दोस्रो र तेस्रो तल्लामा ¥याम्पको व्यवस्था समेत नहुदा झनै समस्या खेप्नुपरिरहेको डायलासिस वार्डमा भेटिएकी बैतडीको गोठालापनिकी मालमती लावडले बताईन्। ‘अस्पतालको तेस्रो तल्लामा डायलासिस सेवा भएकाले उपचारका लागि सिढी चढ्न नसक्ने विरामीलाई पिठ्युमा बोकेर पु¥याउनुपर्ने बाध्यता रहेको छ।’ उनले भनिन्, पहिलो तला सम्म र्याम्प भएकाले स्टेचर र हुईल चियर मार्फत पु¥याउने गरिएपनि दोस्रो र तेस्रो तल्लामा पुगाउन समस्या भईरहेको छ।

डायलासिस वार्ड र आईसियु कक्ष सम्म विरामीलाई पुगाउन निकै समस्या हुने गरेको छ। पटक–पटक विग्रीरहने लिफ्ट पछिल्लो पटक विग्रेको डेढ साता भएको अस्पतालले जनाएको छ। तर विग्रिरहने लिफ्ट मर्मतमा लामो समयसम्म अस्पतालले ध्यान नदिनने गरेको आरोप आफन्तको उपचारका लागि अस्पताल पुगेका कञ्चनपरको कृष्णपुर ४ गुलरियाका स्थानीय   रामप्रसाद भट्टले लगाए।

अस्पतालले असहाय र गम्भीर प्रकृतिका विरामीको सहजताका लागि भन्दै ६ वर्ष पहिले झण्डै पाँच लाख खर्च गरेर सञ्चालनमा ल्याइएको लिफ्ट पटक–पटक वग्रिने गरेका कारण काम नलाग्ने अवस्थामा पुगेको छ। अस्पताल प्रशासनले पटक–पटक विग्रिरहने लिफ्टको विकल्प खोज्नु पर्ने बताएको ६ महिना भन्दा बढी भएपनि वास्ता गरेको छैन्। तर सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले भने अवको केहि दिनमा लिफ्ट फेरी सुचारु हुने दावी गरे।
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस