सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा रक्तदाताको नामावलीसहित अनलाइन साहस सार्वजनिक

२०८१ असोज २५, ०८:५८ खबर संवाददाता

धनगढीः ब्याग्स अफ होप नेपालले साहस सार्वजनिक गरेको छ। संस्थाले कैलालीको धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै रक्तदाताहरूको नामावली सहितको अनलाइन प्ल्याटफर्म साहस सार्वजनिक गरेको हो।

साहसमा देशभरिबाट रगतको आवश्यकता परेकाहरूले रक्तदाता अरुको खोजी गर्न सक्ने छन्। यस अनलाइन प्ल्याटफर्मले कसरी काम गर्छ त सुनौँ हेरौँ ब्याक होप नेपालका आइटि प्रमुख तथा निर्माता सुबोध जोशीको यो भनाइ। ब्याग्स अफ होपका महासचिव तथा विद्यार्थी नेता दिपेश बोहराले साहस मार्फत रगतको आवश्यकता परेकाहरूले सहजै रूपमा रक्तदादाको पहुँचमा पुग्न सक्ने बताए।

उनले यो अनलाइन पोर्टल बिस्तारै एपको माध्यमबाट पनि सञ्चालन हुने बताए। यसमा एन्जाइटी डिप्रेसनबाट कसरी उन्मुक्ति पाउने, विद्यार्थीहरूका नोटहरू र ट्युसन क्लासहरू पनि बिस्तारै उपलब्ध हुने बताए। यस्तै ब्याग्स अफ होपका अध्यक्ष नितेश जोशीले यो अनलाइन पोर्टलले रगतको लागि भौतारिनुपर्ने बाध्यताको अन्त्य गर्ने बताए। यो अनलाइन पोर्टल १८ वर्षीय जोशीले निर्माण गरेका हुन्।

कमेन्ट लोड गर्नुस