कैलालीबाट लागूऔषध मुद्दाका फरार प्रतिबादी पक्राउ

२०८१ असोज २५, ०८:५८
कैलालीः कैलालीबाट लागूऔषध मुद्दाका फरार प्रतिबादी पक्राउ परेका छन्।
जिल्लाको जानकी गाउँपालिका–१ तोरैयापुरका २६ वर्षीय ओमकार डेमन रौरा थारुलाई बिहिबार प्रहरीले पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले थारुलाइ घरबाटै पक्राउ गरेको हो।
जिल्ला अदालत कैलालीको फैसलाले १ महिना २० दिन कैद सजाय सुनाएपछि उनी फरार रहेका थिए।



कमेन्ट लोड गर्नुस