सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीको तेघरी सामुदायिक वनबाट ४ जना जुवाडे पक्राउ

२०८१ असोज २४, ०८:१४ खबर संवाददाता

धनगढीः कैलालीबाट ४ जना जुवाडे पक्राउ परेका छन्।

जिल्लाको गोदावरी नगरपालिका–२ तेघरी सामुदायिक वनको जंगलमा जुवातास खेलि रहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेमा गोदावरी–२ तेघरीका ४१ वर्षीय जगुराम चौधरी सहित ४ जना पक्राउ परेको प्रहरीले जनाएको छ।

उनीहरुलाई २२ हजार ९५५ रुपैँया र ३ गड्डी तास सहित प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतिबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। दशैँ नजिकीएसगैँ जुवा खेल्ने र खेलाउने बढेका छन। बिहीवार (हिजो) मात्रै कैलालीका विभिन्न ठाउँमा २० जना जुवाडे पक्राउ परेका थिए।
 

कमेन्ट लोड गर्नुस