सुदूर नेपाललाई विश्वसँग जोड्दै

चौमालाबाट आठ जना जुवाडे पक्राउ

२०८१ असोज २३, ०९:४४ खबर संवाददाता

धनगढीः कैलालीबाट आठ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–१ चौमाला बजार स्थित न्यु साउद होटलबाट आठ जना जुवाडे पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–१ गोप्काका ३४ वर्षीय टेकबहादुर बुढा, ४० वर्षीय पदमबहादुर चन्द, ३६ वर्षीय रामबहादुर बुढा, ३५ वर्षीय चक्र भुल रहेका छन्। यस्तै गौरीगंगाकै ४१ वर्षीय टंक साउद,५४ वर्षीय बड्डो भुल, र ४२ वर्षीय बलबहादुर बुढा पक्राउ परेका छन्।

उनीहरुलाई ८१ हजार ९४१ रुपैँया, एक गड्डी ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ। होटल सन्चालक निरज साँउद समेत गेर आठ जना पक्राउ परेको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी नायव निरीक्षक राजेन्द्रबहादुर कुमालले बताए। आज बिहान धनगढीमा पनि १२ जना जुवाडे पक्राउ परेका थिए।
 

कमेन्ट लोड गर्नुस