सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको हरिद्वारमा लुटिए कैलालीका रविलाल

२०८१ असोज २३, ०६:३९ खबर संवाददाता

कञ्चनपुरः भारतको हिमाञ्चलमा मजदुरी गरेर दशैँतिहार मनाउन घर फर्किँदै गरेका कैलालीको घोडाघोडीका रविलाल बराल भारतको हरिद्वारमा लुटिएका छन्।

भारतको मैनालीबाट बसको एकै सिटमा बसेर आएका व्यक्तिले नै हरिद्वारको बसपार्कमा विश्राम गरिरहेको बेला लठ्याउने औषधि दिएर लुटेको बरालको भनाइ छ। चार महिनासम्म मजदुरी गरेर कमाएको भारतीय ६० हजार ५ सय रुपैयाँ र झोला लुटिएको उनको गुनोस छ।

हरिद्वारमा अलपत्र परेपछि उनलाई भारतीय बसले सीमा नाका बनबासासम्म र त्यहाँबाट अटोले नेपालस्थित कञ्चनपुरको गड्डाचौकीसम्म निःशुल्क ल्याइपु¥याएका छन्। बुधवार बिहान खाली हात गड्डाचौकीस्थित नागरिक सहायता कक्षमा पुगेर घटनाक्रम र आफ्नो अवस्थाबारे बताएपछि सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा सञ्चालित नागरिक सीमा सहायता कक्षले बराललाई घरसम्म पुग्ने बस भाडा र खाना खर्च दिएर घर पठाएको छ।

नागरिक सीमा सहायता कक्षमा कार्यरत नायव सुब्बा दानसिंह बोहराका अनुसार, गत आर्थिक वर्षमा ६० जना भन्दा बढी नागरिकहरू लुटिएको भनेर सहायतामा पुगेका थिए। चालु आर्थिक वर्षको हालसम्म २३ जना भारतमा लुटिएको भन्दै सहायता कक्षमा पुगेका छन्।

कमेन्ट लोड गर्नुस