सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा स्थानीय उत्पादनलाई बहिष्कार, नगरपालिकाले आफ्नै पत्र लत्यायो

२०८१ असोज २३, ०९:५२ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियामा स्थानीय उत्पादनलाई लत्याउने काम भएको छ। केही व्यवसायी र गोदावरी नगरपालिकाले स्थानीय उत्पादनलाई लत्याउने काम गरेको हो।

‘सुदूरपश्चिममै उब्जाउ, सुदूरपश्चिमकै खाउँ, सुदूरपश्चिमकै लगाउँ र सुदूरपश्चिमलाई नै सम्वृद्ध बनाउ’ भन्ने नाराका साथ सुदूरपश्चिम च्याम्बर अफ कमर्श कैलाली च्याम्बर अफ कमर्शको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको प्रदर्शनी बजारमा केही व्यवसायी र नगरपालिकाबाटै अवरोध सिर्जना भएपछि आयोजकले प्रेस विज्ञप्ति नै जारी गरेर दुःख व्यक्त गरेको छ।

हिजो (मंगलबार) देखि अगामी मंसिर १७ गतेसम्म सञ्चालन हुने सुदूरपश्चिम प्रदेशका उत्पादित वस्तुहरुको विक्रीवितरण प्रवद्र्धन र प्रदर्शनी बजार अत्तरियाका केही व्यवसायी र नगरपालिकाको असयोगका कारण हाललाई स्थगित हुन पुगेको छ। सुदूरपश्चिम प्रदेशका कुनै पनि स्थानीय उत्पादित वस्तुहरुको प्रवद्र्धन र विक्रिवितरण गरी ग्रामीण तथा घरेलु उद्योगलाई चलायमान गराउन प्रदर्शनी बजारको आयोजना गरिन लागेको थियो।

तर यस्तो कार्यमा अवरोध सिर्जना गरिएको छ। केही स्थानीय व्यापारीले कपडा र जुत्ताको स्टल राख्न नपाउने भन्दै विरोध जनाएपछि अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याणसिंह बोहराको उपस्थितीमा प्रदर्शनीमा सुदूरपश्चिमका स्थानीय उत्पादनहरु मात्र राख्ने मौखिक सहमति नै भएको थियो।

प्रदर्शनीमा राखिने भनिएको गोदावरी नगरपालिका–१ मा रहेको छायाँछवि गार्मेन्ट उद्योग र वडा नम्बर ४ बसन्तपुरको गोलादेउ फुटवेयर इण्डष्टिजका उत्पादनहरु रहेका थिए। तर हिजो प्रदर्शनी बजार उद्घाटन हुनुअगावै कपडा र जुत्ता बेच्न नपाउने भन्दै हुँलहुज्जत गरी मुख्य गेट नै तोडफोड गरिएको थियो। यस विषयमा इलाका प्रहरी कार्यालय मालाखेतीमा गरिएको छलफलमा गोलादेउ इण्डष्टिजको जुत्ता र एकमात्र टि–सर्टको स्टलमा विक्री नगर्ने, एकएक सेट मात्र प्रदर्शनीका लागि मात्र राख्ने आयोजकले प्रस्ताव गरेको थियो। तर त्यसमा समेत सहमति भएको थिएन्।

त्यसपछि यस्तो बजार सञ्चालनका लागि अनुमति दिने गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टको रोहबरमा छलफल गरिएको थियो। तर नगरपालिका आफैले दिएको सहमतिपत्र विवरीत स्थानीय उत्पादनको प्रदर्शनी गर्न सकारात्मक नदेखिएपछि आयोजक थप दुखित बन्न पुगेको हो।

No description available.

आयोजकले यस्ता विविध विवादका कारण अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय उत्पादन प्रदर्शनीका लागि आयोजना गर्न लागेको बजार प्रदर्शनी हालका लागि स्थगित गरिएको भन्दै विज्ञप्ति नै जारी गरेको छ। साथै घरेलु उद्योगहरुको प्रवद्र्धन र प्रचारप्रसारप्रति स्थानीय व्यवसायीहरुले देखाएको असहयोग र स्थानीय निकाय तथा सरोकारवालाहरुको उदासिनताप्रति दुःख प्रकट गर्दछौँ भन्दै कैलाली च्याम्बर अफ कमर्सका अध्यक्ष प्रमोद अधिकारी र नेपाल च्याम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेशका अध्यक्ष विनोद मल्लले संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

IMG_20241009_0852181728443426.jpg

IMG_20241009_0853011728443439.jpg

कमेन्ट लोड गर्नुस