सुदूर नेपाललाई विश्वसँग जोड्दै

खैरो हेरोईनसहित कैलालीमा २ युवक पक्राउ

२०८१ असोज २३, ०८:२१ खबर संवाददाता

धनगढीः खैरो हेरोईनसहित कैलालीमा २ युवक पक्राउ परेका छन्।

जिल्लाको गौरीगंगा नगरपालिका–७ लहानुचोकका दिपक धामीको खाली घरको कोठामा बसिरहेको अवस्थामा चेक–जाँच गर्दा गौरीगंगा नगरपालिका–८ बस्ने २६ वर्षीय रुपेन्द्र कलेल र गौरीगंगा नगरपालिका–८ लिक्मा बस्ने २६ वर्षीय पदमबहादुर कलेल मंगलवार पक्राउ परेका हुन्।

कलेलले सोही कोठामा लुकाई राखेको २ ग्राम ३५१ मिलिग्राम खैरो हेरोईन र नाप तौल गर्ने तराजु बरामद गरी दुबै जनालाई इलाका प्रहरी कार्यालय सडकपुर बौनियबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस