सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य क्षेत्रमा नेपाली कामदार पठाउन ओमानको आग्रह

। फोटो स्रोत ।
२०७६ असार ३, ०६:११

ओमानले स्वास्थ्य क्षेत्रमा नेपाली कामदार पठाउन आग्रह गरेको छ। सोमबार ओमानस्थित नेपाली राजदूत शर्मिला ढकाल र ओमानका स्वास्थ्यमन्त्री डाक्टर अहमद बिन मोहम्मद पवन ओबइड अलसादीबीच भएको शिष्टाचार भेटका क्रममा अलसादीले सो आग्रह गरेका हुन्।

मन्त्री अहमदले नेपालबाट डाक्टर, नर्स, ल्याब टेक्निसियन र फार्मेजिस्ट लैजाने प्रस्ताव गरेको उक्त भेटमा सहभागि एक कर्मचारीले बताए। मन्त्रीको प्रस्तावमा राजदूत ढकालले नेपाल सरकार र ओमान सरकारबीच श्रम समझदारी व्यवसायिक कामदारहरु पठाउन पहल गरिने बताएकी छन्। ओमानसँग सरकारले पहिलो पटक श्रम समझदारी गरेर कामदार पठाउने तयारी गरेको छ।

त्यस्का लागि श्रम समझदारीका मस्यौदाका बुँदामा समेत टुंगो लागिसकेको छ। अब ओमान र नेपालबीच श्रम समझदारी पत्रमा हस्ताक्षरको मिति तय गर्न बाँकी रहेको छ।
 

कमेन्ट लोड गर्नुस