सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट १२ जुवाडे पक्राउ

२०८१ असोज २३, ०७:५३ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट १२ जुवाडे पक्राउ परेका छन्।

बुधवार धनगढी उपमहानगरपालिका–५ लव्ली चोकमा मैते डगौरा थारुले संचालन गरेको सौरभ एण्ड सौगात नास्ता पसलमा जुवातास खेलि रहेको अवस्थामा होटल सञ्चालक डगौरासहित १२ जना जुवाडे पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा ४३ वर्षीय जागुराम चौधरी, ४२ वर्षीय रामलाल चौधरी, ३२ वर्षीय कृष्णदेब चौधरी, ३३ वर्षीय हिरालाल चौधरी, ४७ वर्षीय सुरेश चौधरी, २३ वर्षीय शिबु चौधरी, २४ वर्षीय सुरेश चौधरी, ३० वर्षीय हरि चौधरी, ३५ वर्षीय स्यामु चौधरी, २६ वर्षीय दिपक चौधरी, २३ वर्षीय रमेश चौधरी, ४२ वर्षीय मैते डगौरा थारू (होटेल संचालक) रहेका छन्। 

यिनीहरु सबै जना धनगढी उपमहानगरपालिका–५ का बासिन्दा रहेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले जानकारी दिए। उनीहरुको साथबाट ५७ हजार १६५ रुपैयाँ र २ गड्डी तास बरामद गरिएको बिष्टले जानकारी दिए।

कमेन्ट लोड गर्नुस