यस्तो छ सुदूरपश्चिम प्रदेशको आउँदो तीन महिनाको हावापानी आंकलन
धनगढीः जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४) को अवधिको हावापानी आंकलन सार्वजनिक गरेको छ।
विभागले सोमबार सार्वजनिक गरेको आकलनअनुसार सुदुरपश्चिम प्रदेशको उत्तरी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको उत्तरी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विवरणमा उल्लेख छ। सुदूरपश्चिमको पश्चिमी भागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेकोे विभागले जानकारी गराएको छ।