अत्तरिया चोक नजिकै भ्यान दुर्घटना, चालक फरार
२०८१ असोज २२, ०८:२३
धनगढीः कैलालीको अत्तरिया चोक नजिकै हाइस दुर्घटना भएको छ।
बिहान ३ बजेको समयमा अत्तरिया चोक नजिकै सुदूरपश्चिम प्रदेश ०२००१ ज ०५४४ नम्बरको हाइस डिभाइडरमा ठोक्किएर दुर्घटना भएको ट्राफिक प्रदेश प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। हाइसमा चालक मात्रै रहेकाले मानविय क्षति भने नभएको प्रहरीले बताएको छ। हाइस दुर्घटना भएपछि चालक फरार छन्। उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस