सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा मोटरसाइकल अनियन्त्रित हुँदा दुई जना घाइते

२०८१ असोज २१, ०६:०९ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकल दुर्घटना भएर दुई जना घाइते भएका छन्।

जिल्लाको गोदावरी नगरपालिका–१ धनगढी रोडमा सुदूरपश्चिम प्रदेश ०१००८प ८९९७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको हो। उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ का ४० वर्षीय भरत भाट र पछाडि  सवार रहेकी १७ वर्षीया अनिता भाट घाइते भएको प्रहरीले जनाएको छ।

चालक भरतको टाउको र हातखुुट्टामा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको छ। यस्तै अनिताको हात र खुट्टामा चोट लागेको छ। घाइते दुुबै जनाको पदमा अस्पतालमा उपचार भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस