सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिन्धुलीमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

२०८१ असोज २१, ०५:०३ खबर संवाददाता

काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आज दुर्घटना भएको छ।

आज दिउँसो करिब ३ बजे तिर बस दुर्घटना भएको जनाइएको छ। बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले बताए। थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस