सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८१ असोज २१, ०४:२३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय गड्डचौकीबाट खटिएको प्रहरी टोलीले १ लाख २० हजार ४४०, इलाका प्रहरी कार्यालय बेलौरीले २० हजार र अस्थायी प्रहरी बिट झोलुङगेले ३ हजार ८ सय गरेर करिब एक लाख ४४ हजार २४० मुल्यको भन्सार छलीको सामान बरामद गरिएको छ।

सुट, ब्लाङ्केट, कपडा, काजु, बदाम, किराना सामान, बिडी, सुर्ती, अचार, मसाला, गुट्खा, पापड, लिची, पेयपदार्थ, जुस, बिस्कुट, तेल र चकलेट लगायतका सामान बरामद गरेर भन्सार चलान गरेको प्रहरीले बताएको छ।
 

कमेन्ट लोड गर्नुस