सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमेली नेपाली समाजद्धारा धनगढीका हावाहुरी पीडितलाई जस्तापाता र त्रिपाल सहयोग

२०७६ असार ३, ०४:३६ खबर संवाददाता

सुदूरपश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समन्वय समितिले धनगढीका हावाहुरी पीडितलाई जस्ता पाता र त्रिपाल सहयोग गरेको छ। समाजले धनगढी उपमहानगरपालिकाको जाई र जालीका हावाहुरी पीडितलाई राहात स्वरुप जस्ता पाता र त्रिपाल प्रदान गरिएको जनाएको छ। समाजले पीडित मध्येका अति विपन्न, असहाय र एकल महिलालाई सहयोग गरिएको जनाएको छ।

विदेशमा रहेकाहरुले आफ्नो नास्ता खर्चबाट बचत गरेको रकमबाट  हावाहुरी पीडितलाई सहयोग गरिएको हो।  राहत वितरणमा स्थानीय जनप्रतिनिधी सहित वैदेशिक रोजगारीबाट फर्किएका ध्रुव मल्ल, सुदूुरपश्चिमेली नेपाली समाज वहराईनका अध्यक्ष ईन्द्र बहादुर बिष्ट ,मलेसियाबाट फÞर्कÞेका बिक्रम कुवर लगायतको उपस्थित रहेको सुदूुरपश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समन्वय समितिका संयोजक चेतन थापाले जानकारी दिए। 
 
 

कमेन्ट लोड गर्नुस