सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ट्याक्टर विद्युतको पोलमा ठोक्किँदा एक जना घाइते

२०८१ असोज २०, ०९:२२ खबर संवाददाता

धनगढीः कैलालीमा ट्याक्टर विद्युतको पोलमा ठोक्किँदा एक जना घाइते भएका छन्। जिल्लाको भजनी नगरपालिका–१ चकुलियामा ट्याक्टर अनियन्त्रित भएर विद्युुतको पोलमा ठोक्किएर दुर्घटना भएको छ।

सोही नगरपालिकाका २० वर्षीय जख्खन चौधरीले चलाएको ट्रली नभएको से १ त १४९० नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ। ट्याक्टर चालक चौधरी घाइते भएको छन्। ट्याक्टरको ठक्करबाट विद्युतको पोल भाँच्चिएको छ।
 

कमेन्ट लोड गर्नुस