सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीगंगा नगरक्षेत्रभित्र ७.४ किमी सडक कालोपत्र, २४ किलोमिटर ग्राभेल

२०८१ असोज २०, ०६:१८ कमल सावद

धनगढीः कैलालीको गौरीगंगा नगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा सात दशमलव चार किलोमिटर सडक कालोपत्र गरेको छ।

नगर क्षेत्रका ११ वटै वडामा सात दशमलव चार किलोमिटर सडक कालोपत्र गरिएको हो। अघिल्ला आर्थिक वर्षहरुमा ठेक्का सम्झौता गरिएका सडकको सात हजार चार सय ४८ दशमलव ३५ मिटर सडक कालोपत्रको काम गत आर्थिक वर्ष सकिएको छ। नगरपालिकाले गत आर्थिक वर्षमा २३ दशमलव ८ किलोमिटर सडक ग्राभेलको काम गरेको कार्य प्रगति प्रतिवेदनमा उल्लेख छ।

नगरपालिकाले २३ हजार ८ सय ८२ दशमलव ९ मिटर सडक ग्राभेल गरिएको छ। साथै ६ दशमलव ६ किलोमिटर सडक स्तरोउन्नती तथा पानी पिच गरिएको छ। पाँच सय ६ मिटर तटबन्ध निर्माण गरिएको नगरपालिकाको प्रगति प्रतिवेदनमा उल्लेख छ। पाँच सय १६ मिटर तटबन्ध र १४१ मिटर जैविक तटबन्ध गरिएको छ। नगरपालिका क्षेत्रका नदी तथा खोलाहरुमा पाँच सय ६ मिटर तटबन्ध गरिएको हो। यसका साथै १२ वटा भवनहरु समेत निर्माण गरिएको छ।

नगर क्षेत्रका खोपकेन्द्र, क्लब, प्रतिक्षालय गरेर १२ वटा भौतिक संरचना निर्माण गरिएको हो। गौरीगंगा नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा तीन सय ८७ परिवारमा शुद्ध खानेपानीका लागि धारा वितरण गरेको थियो। १२ ठाउँमा आटिजर्न जडान गरिएको छ। जमिन मुनीको खानेपानीका लागि नगरपालिकाले १२ स्थानमा धारा जडान गरेको हो। कृषि तथा साना सिँचाई मार्फत २६ वटा थप सिँचाई बोरिङ जडान गरिएको छ।

नगरपालिका क्षेत्रका किसानका लागि २६ वटा बोरिङ जडान गरिएका छन्। गत वर्ष ८ वटा शौचालय निर्माण गरिएको छ। फोहर पानी व्यवस्थापनका लागि एक हजार २ सय ५५ मिटर पक्की नालीसमेत निर्माण गरिएको छ। नगर क्षेत्रका मुख्य चारवटा चोकमा हाइमास्क लाइट जडान गरिएको छ। रात्रि सुरक्षा तथा उज्यालोका लागि हाइमास्क लाइटहरु जडान गरिएको प्रतिवेदनमा उल्लेख छ।

चार थान सोलार बत्ती जडान, २० थान सोलार बत्ती मर्मत, पाँच किलोमिटर विद्युत लाइन विस्तार, ४० थान विद्युतका पोल जडान र ३३ थान सडक बत्ती जडानको काम गत आर्थिक वर्षमा गरिएको हो। एउटा झोलोङ्गे पुल, आठवटा पक्कि कल्भर्ड निर्माण, १३० थान ह्यूम्पाइप जडान र विद्यालय तथा सार्वजनिक स्थलहरुमा चार किलोमिटर घेरबार निर्माण गरिएको नगरपालिको गत आर्थिक वर्षको प्रगति प्रतिवेदनमा उल्लेख छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस