सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ जीप दुर्घटना : घाईते दुईजना पनि नेपालगञ्ज रेफर

२०७६ असार ३, ०३:२७

सोमबार बझाङमा भएको जीप दुर्घटनामा परी घाईते भएका थप दुई जनालाई पनि नेपालगञ्ज रेफर गरिएको छ। जिल्ला अस्पताल बझाङका अनुसार दुर्घटनामा परी घाईते भएका  मष्टा गाउँपालिकाका १ का ३५ वर्षीया अनिता द्धाल, १५ वर्षीया संगीता खड्कालाई पनि नेपालगंज रेफर गरिएको हो। उनीहरुको हात खुट्टा र टाउकोमा समेत चोट लागेका कारण उपचार सम्भव नभएपछि नेपालगञ्ज रेफर गरिएको हो। यसअघि सोमबार नै दुर्घटनामा परी गम्भीर घाईते भएका तीन जनालाई हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको थियो भने १० जनाको घटना स्थलमै मृत्यु भएको थियो। 
  

कमेन्ट लोड गर्नुस