सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते

२०८१ असोज १८, १०:३५ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन्।

जिल्लाको गोदावरी नगरपालिका–३ मा अत्तरियाबाट खमौरातर्फ गइरहेको गोदावरी–३ का पारस देउवाले चलाएको सुदूरपश्चिम प्रदेश ०१००प०ज्ञ०२४१२१ नम्बरको मोटरसाइकलको ठक्करबाट बालक घाइते भएका हुन्।

घाइते हुनेमा १० वर्षीय बालक मानव भट्टराइ रहेका छन्। उनको खुट्टा र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते बालकको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। 

कमेन्ट लोड गर्नुस