धनगढीमा १९ वर्षीया युवती खैरो हेरोइनसहित पक्राउ
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/Woman-Arrested%20%281%29.jpg?itok=6E4VufuS)
२०८१ असोज १८, ०७:५०
धनगढीः कैलालीको धनगढीमा १९ वर्षीया एक युवती खैरो हेरोइनसहित पक्राउ परेकी छिन्।
धनगढी उपमहानगरपालिका–२ भन्सार चोकबाट सोही उपमहानगरपालिका–१ पुष्पलाल चोक बस्ने १९ वर्षीया रक्षा लामिछाने लागूऔषधसहित बिहीवार पक्राउ परेकी हुन्। लामिछानेलाई १ ग्राम १०० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले फेला पारी पक्राउ गरेको जनाएको छ।
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)
![add](https://dineshkhabar.com/sites/default/files/WhatsApp Image 2024-12-18 at 11.06.58 AM.jpeg)
कमेन्ट लोड गर्नुस