सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८१ असोज १८, ०७:३५ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

कैलालीको बिभिन्न स्थान धनगढी–४ बसपार्क, धनगढी–१५ उर्मी, भजनी –९ पहलमान, टीकापुर–८ डाडाबोझी र जोशीपुर–३ फाडियाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ३५ हजार ६४७ मूल्य बराबरको  सामान बरामद बरामद गरिएको हो।

उक्त स्थानबाट प्याज, चिनी, चामल, मसला, सुर्ती, सुटपिस, जुत्ता, सिल्भर डिब्बा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै कञ्चनपुरको बिभिन्न स्थान भीमदत्त–४ बसपार्क र बेदकोट–१ चम्फापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २ लाख ६१ हजार ६ सय मूल्य बराबरको सामान बरामद गरिएको हो।

उक्त मूल्य बराबरको चिनी, मिश्री, बिडी, चुरा, कुर्ती, खेलौना, गाडीका स्टिकर रोल, गाडीको स्प्रिङ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा बिहीवार फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस