सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा गाडीको ठक्करबाट पत्रकार चौधरी घाइते 

२०८१ असोज १७, ०६:५२ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा बोलेरो गाडीको ठक्करबाट पत्रकार कालीमैँया चौधरी(उन्नती) घाइते भएकी छन्।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ का दिपक धामीले चलाएको से १ ज ७३२ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा उनी घाइते भएकी हुन्।

गाडी व्याक गर्ने क्रममा धनगढी–७ मनहेरा चोकमा पत्रकार चौधरीले रोकी राखेको सुदूरपश्चिम प्रदेश ०१००८प ५५२२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उनी घाइते भएकी हुन। निसर्ग अस्पतालमा उपचारपछि अहिले उनी घर फर्कि सकेकी छन्।

कमेन्ट लोड गर्नुस