सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली क्याम्पसका विद्यार्थीले फहराए क्याम्पस चोकमा १२ फिटको झण्डा

२०८१ असोज १७, ०६:५२ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीस्थित क्याम्पस चोकमा १२ फिटको राष्ट्रिय झण्डा फहराइएको छ। कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीहरूले झण्डा फेरेका हुन।

धनगढी उपमहानगरपालिका–८ को वडा कार्यालयको सहकार्यमा विद्यार्थीहरू जनार्दन रावल, आकाश भट्ट, मधुकर ओझा, ओम प्रकाश वस्ती, कुशल बोहरा र कैलाली क्याम्पस स्ववियु सचिव सन्तोष पन्त लगायतका विद्यार्थीहरूले झण्डा फेरेका हुन।

धनगढी उपमहानगरपालिकाका नगर प्रहरीको सहयोगमा क्याम्पस चोकमा झण्डा फेरिएको जनार्दन रावलले बताए। दशै, तिहार तथा छठ लगाउतका चाँड पर्वहरू आएकाले झुत्रो र पुरानो झण्डा फेरिएको उनले बताए।

 

कमेन्ट लोड गर्नुस