सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा कैची प्रहार गरी श्रीमतीको हत्या

। फोटो स्रोत ।
२०७६ असार ३, १०:२८

डोटीमा कैँची प्रहार गरी श्रीमतीको हत्या गरिएको छ। डोटीको दिपायल–सिलगढी नगरपालिका वडा नम्बर ३ दिपायलका ४५ बर्षिय कृष्ण नेपालीले ४० वर्षीया श्रीमती मिनाको कैची प्रहार गरी हत्या गरेका हुन्। डोटी प्रहरीका अनुसार सोमबार राति घरायसी  विवाद हुँदा कृष्णले श्रीमतीको घाँटी र ढाडमा लुगा काट्ने कैँची प्रहार गरी हत्या गरेका हुन्। कृष्णलाई प्रहरीले पक्राउ गरेको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको डोटी प्रहरीले जनाएको छ। 

 

कमेन्ट लोड गर्नुस