सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको महेन्द्रनगरमा पहिलोपटक शृंगारिक महाआरती

२०८१ असोज १७, ०३:०७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको महेन्द्रनगरमा पहिलोपटक शृंगारिक महाआरती सुरु भएको छ।

बडादशैंको अवसरमा भीमदत्त नगरपालिका–१८ महेन्द्रनगर भगपुरको शिव ज्ञानेश्वर महादेव मन्दिरमा शृंगारिक महाआरती सुरु भएको हो। घटस्थापनाको अवसरमा शिव ज्ञानेश्वर महादेव मन्दिर विकास समितिले दुर्गा पूजा रुद्राभिषेक तथा शृंगारिक महाआरती सञ्चालन गरेको जनाएको छ।

शिव ज्ञानेश्वर महादेव मन्दिर विकास समितिका सचिव चन्द्रकान्त भट्ट (सिके)ले हिन्दु नेपालीहरूको महान पर्व विजयादशमी २०८१ को अवसरमा कार्यक्रम गर्न लागेको बताए। उनका अनुसार दैनिक दुर्गापूजन, रुद्राभिषेक, दुर्गा सप्तशती पाठ, नर्वाण मन्त्र जप, शृंगारिक महाआरती एवं भजन–कीर्तन गरिनेछ।

मन्दिरको सर्वांगीण विकासदेखि धार्मिक पर्यटन प्रवर्द्धनका लागि १० दिने शृंगारिक महाआरती गर्न लागिएको बताए। उनले सम्भवतः पहिलोपटक महाआरती गर्न लागिएको बताए। सुदूरपश्चिम प्रदेशका पूर्वआर्थिक मामिलामन्त्री प्रकाश रावलले साँझ औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ।

कमेन्ट लोड गर्नुस