सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरमा लागूऔषधसहित दुई जना पक्राउ 

२०८१ असोज १७, ०७:१७ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। 

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले टीकापुर नगरपालिका–४ अस्नेरीबाट सोही नगरपालिका १ नयाँबस्ती बस्ने २१ वर्षीय धुर्व साउद र २४ वर्षीय देबराज साउदलाई पक्राउ गरेको हो। दुबै जनालाई ३ ग्राम १२० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित फेला पारि नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस