सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अटोकोे ठक्करबाट एक महिलाको हात भाँच्चियो

२०८१ असोज १६, ०७:२४ खबर संवाददाता

धनगढीः कैलालीमा अटोकोे ठक्करबाट एक महिलाको हात भाँच्चिएको छ।

जिल्लाको कैलारी गाउँपालिका–४ की ३४ वर्षीया राधादेवि चौधरीको अटोको ठक्करबाट दाहिने हात भाँचिएको प्रहरीले जनाएको छ। उनको ओम हस्पीटलमा उपचार भइरहेको छ।

अटोले उनलाई धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा ठक्कर दिएको थियो। अटो चालक भने ठक्कर दिएर फरार रहेका छन्। अटोको नम्बर र चालकको परिचय खुलेको छैन्।
 

कमेन्ट लोड गर्नुस