सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागूऔषधसहित दुई जना प्रहरी नियन्त्रणमा

२०८१ असोज १६, ०८:२० खबर संवाददाता

धनगढीः कैलालीमा लागूऔषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले लम्कीचुहा नगरपालिका–२ कान्छि बजारबाट सोही नगरपालिका–१ बस्ने १९ वर्षीय हेमन्त बिष्टलाई नियन्त्रणमा लिएको जनाएको छ। बिष्टलाई १ सय ६० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित मंगलवार फेला पारि नियन्त्रणमा लिएको लम्की प्रहरीले बताएको हो।

यसैगरी मंगलवारनै थप एक जना लागूऔषधसहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–१ अत्तरिया स्थित सोही ठाउँ बस्ने ४० वर्षीय धर्मानन्द भट्टलाई पक्राउ गरेका हो।

भट्टले बसपार्कमा संचालन गरेको पान पसलको काउण्टरमा लुकाई छिपाई राखेको अवस्थामा ६० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) फेला पारि भट्टलाई नियन्त्रणमा लिएको मालाखेती प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस