सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा यात्रु सहायता कक्ष स्थापना

२०८१ असोज १६, ०८:०७ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।

दशैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गरेर बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। यात्रुहरुको सुरक्षित तथा सहज यात्राको लागि ट्राफिक कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक सुरजबहादुर खड्काको उपस्थितिमा मंगलवार यात्रु सहायता कक्ष स्थापना गरिएको हो।

यात्रु सहायता कक्षबाट यात्रुहरुको गुनासो सम्बोधन तथा सहजताका लागि सहजिकरण गरिने जनाइएको छ। यात्रु सहायता कक्ष स्थापनाका क्रममा सरोकारवाला निकायहरु यातायात ब्यवसायी, चालक, परिचालकसँग चाड पर्व लक्षित अन्तरक्रिया कार्यक्रम पनि गरिएको थियो।

कमेन्ट लोड गर्नुस