सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका वनमन्त्रीलाई कराँतेको तेस्रो डान उपाधि

२०८१ असोज १५, ०७:२४ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले तेस्रो डान उपाधि पाएका छन्। नेपाल कराँते महासङ्घका संस्थापक अध्यक्ष तथा नेपाल सितोरियो सङ्घका अध्यक्ष दावा गुरुङले मन्त्री चौधरीलाई तेस्रो डान उपाधि प्रदान गरेका हुन्।

धनगढीमा मङ्गलवार प्रमाणपत्र, कराँते पोशाक र ब्ल्याक बेल्ट तेस्रो डानको उपाधिसहित उनलाई सम्मान गरिएको थियो। चौधरी कराँतेको पूर्वखेलाडी हुन्। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र उनले एउटै डोजोमा लामो समय कराँते प्रशिक्षण गरेका थिए। विद्यार्थी कालदेखि नै खेलकुदमा सक्रिय उनी सितोरियो कराँतेका पहिलो डान हुन्।
एथलेटिक्समा पनि राष्ट्रियस्तरसम्म पुगेका उनी अन्य खेलकुदमा पनि त्यतिकै सक्रिय र सफल थिए। थारु भाषाको चलचित्रमा नायकको भूमिकामा देखिएका चौधरी अहिले प्रदेश मन्त्री छन्।

२०६५ सालदेखि मिर्गौलामा समस्या आएपछि उनी सक्रिय खेलकुद र चलचित्रमा देखिन छोडेका थिए। त्यसपछि सामाजिक र राजनैतिक ढंगले उनी अगाडि बढेका हुन। उनले खेलकुद र खेलाडीलाई राष्ट्रको गहनाका रुपमा मात्रै भन्नुभन्दा पनि राज्यले आफ्नो अङ्गको रुपमा अगाडि बढाउनु पर्ने बताएका थिए। सरकारले खेलाडीहरूको बीमा गरिदिनु पर्नेमा उनले जोड दिए।
 

कमेन्ट लोड गर्नुस