सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाईकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु

२०८१ असोज १५, ०७:१० खबर संवाददाता

धनगढी । कैलालीमा दुई वटा मोटरसाईकल एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका –१ को गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से६ प६२७९ र विपरीत दिशाबाट आइरहेको बा ९५ प९२५२ नम्बरको मोटरसाईकल ठोक्किदा दुवैका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले उक्त दुर्घटनामा जानकी गाउँपालिका–८ बस्ने २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्युु भएको बताए।

कमेन्ट लोड गर्नुस