धनगढीको जाखोर बाबा मन्दीर परिसरमा वृक्षारोपण
आज चुरे दिवस सुदूरपश्चिममा पनि मनाइएको छ। चुरेको माटो पानी जोगाऔं, तराई मधेश बचाऔँ भन्ने नाराका साथ आज चुरे दिवस सुदूरपश्चिममा पनि मनाइएको हो। सोही अवसरमा धनगढीको जोखोर ताल क्षेत्रमा वृक्षारोपण गरिएको छ। राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले वृक्षारोपण गरेको हो। प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट, धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वड, विद्यार्थी तथा वनका कर्मचारीहरुले ताल क्षेत्रमा बृक्षारोपण गरेका हुन्।




