सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्री घाइते

२०८१ असोज १४, ०५:५४ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना साइकल यात्री घाइते भएका छन्।

जिल्लाको जानकी गाउँपालिका–५ मा से ५ प ६३२८ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल यात्री घाइते भएका हुन्। घाइते हुनेमा जानकी गाउँपालिका–३ का २४ वर्षीय प्रविन चौधरी रहेका  छन्।

उनको दुबै हात, खुट्टा र  ढाडमा चोट लागेको छ। उनलाई स्थानीय स्वास्थ्यचौकीमा  सामान्य उपचारपश्चात थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रेफर गरिएको प्रहरीले जनाएको छ। मोटरसाइकल  चालक सोहि ठाउँका ३३ वर्षीय आयुष उपाध्यायलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

कमेन्ट लोड गर्नुस